रोटरी क्लब अफ तुलसीपुरको अध्यक्षमा केसी, रोट्रयाक्ट क्लबको अध्यक्षमा गौतम

दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटीको अध्यक्षमा यज्ञबहादुर केसी चयन भएका छन । उनी वर्ष २०२२/ २३ का लागि अध्यक्षमा चयन भएका हुन । बुधवार तुलसीपुरमा एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष केसी सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन । त्यस्तै क्लबको निर्वाचित २०२३ / २४ को अध्यक्षमा पवन कुमार योगी, प्रस्तावित अध्यक्षमा बिनिल केसी, उपाध्यक्षहरूमा सन्दीपन रिजाल, देवेन्द्र केसी, बुद्ध प्रकाश सिंह, सचिवमा मनोज बस्नेत, कोषाध्यक्षमा रूपेश शर्मा, सहसचिवमा दिपेश भण्डारी चयन भएका छन । 

यस्तै  रोट्रयाक्ट क्लब अफ तुलसीपुरको पद हस्तान्तरण कार्यक्रम भएको छ । क्लबको वर्ष २०२३ / २४ को अध्यक्षमा नारायण गौतम चयन भएका छन । त्यस्तै हेमराज बस्नेत, निर्वाचित अध्यक्षमा इनुप भण्डारी, उपाध्यक्षहरूमा सुरजजगं रायमाझी, राजन सिंह, माधव गौतम, प्रभास श्रेष्ठ, सचिवमा आकाश सिङ, सहसचिवमा प्रभास श्रेष्ठ, कोषाध्यक्षमा किरण पुन, सह कोषाध्यक्षमा  रिसभ रिजाल चयन भएका छन ।

बुधवार संयुक्त रुपमा रोटरी क्लब अफ तुलसीपुर सिटीको १६ औं र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको ९ औ पद हस्तान्तरण तथा ग्रहण कार्यक्रम भएको हो । वर्ष २०२१ / २२ का अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम ‘दिक्षित’ ले संसारकै पहिलो सामाजिक संस्था रोटरी क्लब सामाजिक र मानवीय सेवामा अग्रणी स्थानमा रहेको बताइन ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रोटरी क्लबले न्यायको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गरेको बताए । कार्यक्रममा १९ न बाहिनीका बाहिनी पति रबिन्द्र खत्री, रोटरी क्लबका पूर्व अध्यक्ष विमल रिजाल, रोट्रयाक्ट क्लबका वर्ष २०२१/ २२ का अध्यक्ष हेमराज बस्नेत लगायतले क्लबले शिक्षा स्वास्थ्य, खानेपानी  विपद्, असाहयहरुको लागि सक्रिय रुपमा मानवीय काम गर्दै आएको बताए ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस