अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गामा हटाउन निर्देशन

दाङ ।  जिल्ला प्रशासन कार्यालय दाङले घोराही क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। कार्यालयले मङ्गलबार जारी गरेको पत्र अनुसार घोराही   उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय दाङ लाई आवश्यक समन्वय गरी जग्गा अतिक्रमण हटाउने कार्य अगाडि बढाउन भनेको छ।

प्रशासनले जारी गरेको पत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको पत्रका साथ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त कागजात र सिफारिसका आधारमा सरकारी जग्गाको संरक्षण गर्न आवश्यक कदम चाल्न अनुरोध गरिएको उल्लेख छ।

प्रतिष्ठानको सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाई सरकारी जग्गाको संरक्षण गराउन आवश्यक सहजीकरण गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग नियन्त्रणका लागि सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस