राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन चैत १९ गतेका लागि आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसदको अधिवेशन बोलाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख भएअनुसार आजको मन्त्रिपरिषद्को सिफारिसमा सिंहदरबारस्थित संघीय संसद् भवनमा अधिवेशन आह्वान गरिएको हो ।
यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको उक्त सिफारिस लगत्तै राष्ट्रपति कार्यालयले एक घन्टाभित्रै अधिवेशन आह्वान गरेको हो ।
प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

