दाङमा धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या
दाङ । दाङमा एक ब्यक्तीले धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्षीया श्रीमति कमला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
विहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीर लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । वली सरकारी कर्मचारी रहेको खुलेको छ । श्रीमानलाई गोपाललाई प्रहरीले नियन्त्रण लिइसकेको छ ।
प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

