दाङ ३ मा रास्वपाका सुवेदी विजय

दाङ । दाङ क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन् । नेपाली काँग्रेसका दिपक गिरीलाई २७ हजार सातसय ९५मतले हराउँदै सुवेदी विजयी भएका हुन् ।

उनले ४४ हजार दुईसय ४८मत ल्याएका थिए, भने काँग्रेसका गिरीले १६ हजार चारसय ५३मत ल्याएका थिए ।

त्यस्तै एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत ल्याएका छन्, भने नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार तीनसय २८ मत ल्याएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस