स्वतन्त्र उम्मेद्वार महाविरपुन २२ हजार ८५० मतका साथ बेनीबाट विजयी

बेनी । स्वतन्त्र उम्मेद्वार महाविर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रहिसकेका महाविर पुनले २२ हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । 

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे ।  म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस