दाङको बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत
दाङ । बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत खसेको छ ।
मतदान केन्द्रमा मतदाता मत हाल्न सहभागी नभएको मतदान अधिकृत टेक बहादुर खड्काले जानकारी दिए ।
यसैगरी दाङको बबई १ जनता आवि जिला मतदान केन्द्रमा १० मत खसेको छ । बाँके राष्ट्रिय निकुञ्ज पिडितहरूले बस्ती स्थान्तरणको माग गर्दै सो स्थानमा पनि मत वहिस्कार गरेका थिए ।
मध्यवर्ती क्षेत्रका भन्दा अर्को गाउँ सानो जिलाका १० जनाले मत हालेका हुन् । अहिले सम्म १० मत खसेको निर्वाचन अधिकृत चिरन्जिवी खड्काले जानकारी दिए।
प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
