भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका ९ जनाको मृत्यु भएको छ।  एउटै गाउँका दुई परिवारका ९ जना सदस्यको मृत्यु भएको हो।  उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको थियो। उनीहरुको मृत्युमा गाउँपालिकाले शोक विदा दिएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन्।  अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि मृत्यु भएकोवडा अध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिए।  उनीहरु करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा पुगेका थिए।

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस