उच्च सरकारी वकिल तुलसीपुरमा केही सामान फिर्ता भए

तुलसीपुर । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरबाट चोरी भएका केही सामग्री फिर्ता भएका छन् । कार्यालयबाट चोरी भएका ३ वटा कुकर, एउटा ग्यास चुल्हो, एउटा मेट्रेस, ७ वटा कुसी फिर्ता भएको कार्यालयका नासु किरण जैसीले बताउनुभयो ।

उहाँका अनुसार चोरी भएका सामग्री फिर्ता गर्न सूचना जारी भएपछि यसरी सामग्री फिर्ता ल्याएर छोडिदिएका हुन् । क्वाटरमा प्रयोग हुने सामग्री तथा केही कार्यालयमा प्रयोग सामग्री फिर्ता गरेको उनले बताए ।

जेनजीको आन्दोनका क्रममा कार्यालयमा आगजनी गरिएको थियो । आगजनीबाट भवनमा आगलागी भएको छ । जसबाट कार्यालय भित्रका अधिकांस सामग्रीहरु जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस