दाङमा भोलि बिहानसम्म कर्फ्यू
दाङ । दाङका बिभिन्न चार पालिकामा बिहीबार बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी रहने भएको छ । स्थानीय प्रशासनले त्यो अबधिसम्म आवात जावात गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, पर्दशन, सभा, बैठक, घेरा गर्न नपाइने अवगत गराएको छ । जेनजीको पर्दशन उग्र बन्दै सरकारी कार्यालयका साथै राजनीतिक दलका पार्टी कार्यालय, अदालत, नेताका घरहरुमा तोड फोड तथा ढुँगा मुढा र आगजनी भएपछि स्थानीय प्रशासनले भदौ २४ गते बेलुकी साढे ४ बजेदेखि जिल्लामा कर्फ्यू आदेश जारी गरेको थियो ।
तुलसीपुरमा पूर्वमा हात्ती खौवा चोक, पश्चिममा दुधेनाको कृष्ण मन्दिर, उत्तरमा रक्षाचौरस्थित राप्ती आँखा अस्पताल र दक्षिणमा टरिगाउँ एयरपोर्ट कर्फ्यू आदेश लागु गरिएको छ । त्यस्तै घोराहीमा पश्चिममा झिगौंरा चोक, दक्षिणमा प्रहरी बोर्डिङदेखि गोरखा बोर्डिङ स्कूल नजिकको कटुवा खोला पुल, पूर्वमा मितेर हस्पिटलदेखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेखाली ढोरेनी स्कुलदेखि सेवार खोलासम्म कर्फ्यू आदेश जारी रहने छ ।
त्यस्तै लमहीमा पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलहीसम्म कर्फ्यू आदेश जारी गरिएको छ । त्यस्तै राप्ती गाउँपालिकामा प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको क्षेत्र र भालुवाङ बजार क्षेत्र भित्र, पश्चिममा गोपी नाला र पूर्वमा भालुवाङ पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।


