भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजना हुने प्रतियोगिता भदौ १३–१६ गते बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेल मा हुने छ।
प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्स लगायत २० कर्पोरेट टिम सहभागी हुनेछन्।
घरायसी इन्टरनेट सेवामा लोकप्रिय भायानेटले हाल कर्पोरेट क्षेत्रमा पनि आफ्नो विश्वासिलो सेवा प्रदायकको छवि बनाइसकेको छ। कम्पनीले होटल, हस्पिटालिटी, बैंक, वित्तीय संस्था, उद्योग, सेवा र शैक्षिक संस्थालाई कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ।
भायानेटका कमर्शियल एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठ भन्छन्, “भायानेट घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनिसकेको छ। हामी ‘Beyond Connectivity’ दृष्टिकोणसहित आइटी सोलुसन पनि प्रदान गर्दै आएका छौँ। कर्पोरेट क्रिकेट लिगमार्फत हाम्रा प्रमुख पार्टनरहरूसँग सम्बन्ध अझ बलियो बनाउने हाम्रो मुख्य उद्देश्य हो।”

