फर्निचर उद्योगमा भीषण आगलागी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ पुकार पसल नजिक रहेको सिद्धिबिनायक फर्निचर उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ । दिउँसो करिब ३ः१० बजे आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) अनिल ठकुरीको कमाण्डमा २५ जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।

आगो नियन्त्रणमा लिन स्थानीयबासी, प्रहरी, तुलसीपुर उपमहानगरपालिकाको दमकल र अन्य निजी पानी ट्याङकरहरूको सहयोग लिइएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

घटनामा हालसम्म कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ। तर उद्योगमा भएको भौतिक क्षतिको विवरण भने आउन बाँकी छ। उक्त उद्योग तुलसीपुर उपमहानगरपालिका–५, ‘ग’ लाइन बस्ने तारा बहादुर वलीको भएको खुलेको छ। उद्योग इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ अवस्थित रहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस