दाङमा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस