काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक जनाको मृ्त्यु भएको छ। आगलागीमा परी एक महिलाको मृत्यु भएको हो। दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार ग्यास लिक भएर आगलागी भएको र अहिले मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी रहेको उनले बताए।
प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

