नेपाल पत्रकार महासंघ दाङ शाखा र भायानेटबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखा र इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट तुलसीपुरबीच होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। कार्यक्रम भायानेट कम्युनिकेशन तुलसीपुर शाखाको आयोजनामा भोलि साँझ अरनिको खेलमैदान, तुलसीपुरमा सम्पन्न हुने छ।
उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का प्रमुख अतिथि रहने छन्। मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ दाङ शाखाका पत्रकारहरू र भायानेटका कर्मचारीहरू बीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
होली पर्वको अवसरमा पत्रकार तथा सञ्चारकर्मीहरूबीच आपसी समझदारी, भाइचारा र मित्रता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भायानेट तुलसीपुर शाखाले जनाएको छ। साथै, दाङ जिल्लाका सम्पूर्ण पत्रकारहरूलाई कार्यक्रममा सहभागिता जनाउन आमन्त्रण गरिएको छ।
कार्यक्रमको तयारी सम्पूर्ण भएको आयोजकले जनाएको छ। खेलकुदको माध्यमबाट सञ्चारकर्मीहरूबीचको आपसी सम्बन्धलाई बलियो बनाउने लक्ष्य लिइएको आयोजकको भनाइ छ।