तुलसीपुरमा जारी महोत्सव तत्काल रोक्न प्रशासनको निर्देशन

दाङ । दाङको तुलसीपुरमा जारी महोत्सव तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले एक विज्ञप्ती जारी गर्दै आज बेलुका ७ बजेभित्र महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्शलाई निर्देशन दिनुभएको हो । फागुन १ गतेदेखि १६ गतेसम्म मात्रै महोत्सव सञ्चालनका लागी अनुमती प्राप्त गरेको तुलसीपुर चेम्बर अफ कमर्शले हालसम्म पनि महोत्सव सञ्चालन गरिरहेको पाइएको भन्दै आज बेलुका ७ बजेसम्म महोत्सव समापान गर्न निर्देशन दिइएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ९३क० लाई समेत दृष्टिगत गर्दै साविकका सर्तहरुको पालना गर्ने गरी आजै महोत्सव समापन गर्न निर्देशानुसार अनुरोध छ, विज्ञप्तीमा भनिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र तुलसीपुर उपमहानगरपाकिलाई बोधार्थमा राख्दै प्रशासनले आदेशको पालना भए/नभएको बारे अनुगमन तथा नियमन गर्न भनिएको छ ।
