तुलसीपुर खानेपानीमा माओवादी केन्द्रले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा माओवादी केन्द्रले सीताराम शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

पार्टीको शुक्रबार बसेको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका सचिब शसिकिरण ढकालका अनुसार हालका उपाध्यक्ष समेत रहेका शर्मालाई पार्टीले सर्वसम्मत रुपमा उम्मेदवारकालागि अघि सारेको हो ।

शर्माले तुलसीपुर खानेपानीमा सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्म आउँदा धेरै नागरिकलाई खानेपानी खुवाउन सफल भएकाले पनि पार्टीले सर्वसम्मत रुपमा अघि सारेको सचिब ढकालले बताए ।

तुलसीपुर खानेपानीको निर्वाचन चैत २ मा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस