पानी खुवाउने क्रममा गोरुले हान्दा एकको मृत्यु

दाङ । दाङमा पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिए ।
चौधरीलाई हिजो साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते भएका थिए । ढाड, पेट र दुवै हातमा चोट लागेका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो । उनको आज विहान ९ बजे घरमै मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस