रोल्पामा खुकरी प्रहार गरी श्रीमतीको हत्या

रोल्पा । रोल्पामा खुकरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका-६, थुम्काका ४० वर्षीय खिम बहादुर बुढामगरले आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको रोल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खिमबहादुरले गएराती श्रीमतीको हत्या गरेको खुलेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, खिम बहादुरले खुकुरी प्रहार गरी श्रीमतीको घाँटी काट्दा घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक सरोज प्रजापति नेतृत्वको ६ जनाको टोली तथा अस्थायी प्रहरी चौकी जुगारबाट प्रहरी नायब निरीक्षक दिवश हिताङ नेतृत्वको ४ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले खिम बहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस