अब प्रज्ञाप्रतिष्ठान मार्फत भाषा, संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौं : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक भाषा, कला, संस्कृति, सभ्यताकाे उर्वर भूमि भएको चर्चा गर्दै प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सम्भयताकाे संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बाेधन गरिने बताए ।

लुम्बिनी प्रदेश ब्याङ्मय प्रतिष्ठान नेपालकाे चाैथाे अधिवेशन तथा आठाैं साधारणसभाकाे बुटवलमा शनिबार उद्घाटन गर्दै उनले साहित्य क्षेत्र समाजकाे ऐना भएको, विकृति, विसंगतिका बिरुद्ध साहित्यक कलमकाे माध्यमबाट खबरदारी गर्दै खाेज अनुसन्धानकाे क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताए ।

लुम्बिनी प्रदेश सरकारले प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएकाे, विधेक तर्जुमा निर्माणकाे काम भइरहेको जानकारी दिए ।उनले लुम्बिनी प्रदेश ज्ञानकाे भण्डार भएको बताए । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेकाे धारणा राखे ।

मुलुककाे धर्म, संस्कृति र राष्ट्रियता जाेगाउन कलमकाे माध्यमबाट याेगदान पुर्‍याएकाे भन्दै  याेगदानकाे उच्च कदर गरे ।प्रतिष्ठानका अध्यक्ष ऋषि आजादकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस