भाच्चियको लिङ्गको अपरेसन बुद्ध इन्टरनेशनल हस्पिटलमा

दाङ । तुलसीपुर उपमहानगर पालिका वार्ड नं ५ निबासी २२ वर्षिय सन्तोष थापा (नाम परिबर्तन) को युवती संगको यौन सम्पर्कको समयमा लिंगबाट अलि ठुलो आवाज आयो र त्यसको लगत्तै लिंग सिथिलहुनुका साथै दुखाइ सुरु भयो । दोस्रो दीन लिंग सुन्निन र निलो हुन सुरु भयो। के कारणले यस्तो हुन्छ भन्ने इन्टरनेट (गुगल) मा खोज्दा लिंग भाच्चियको हुन सक्ने र यस्तो भयको अबस्थामा इमर्जेन्सी अपरेसन गर्नुपर्ने भन्ने थाहा पायपछी बुद्ध इन्टरनेशनल हस्पिटलको सर्जरी बिभागको ओ.पि.डि.मा जनाए । सर्जन डा. रमेश बस्नेतले जाच गरिसकेपछि अपरेसन गर्नुपर्ने सल्लाह दिए सोही सल्लाह अनुसार अपरेसन भयो। अपरेसन पछि दुई दीनको बसाई पच्छात उनले हस्पिटलबाट डिस्चार्ज भैसक्नु भयको र नियमित ड्रेसिङमा रहेका हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले बताए ।
बिरामिले अपरेसनपछि स्वास्थ्य स्थिति सामान्य बताए । यस अपरेसनमा सम्लग्न वरिष्ठ सर्जन डा. रमेश बस्नेतका अनुसार पुरुष माथी महिला चढी गरिने यौन सम्पर्कको आसनका बेला योनि भन्दा माथिको हाड्मा लागेर वा आबेगमा यौन सम्पर्क गर्दा लिंग भाच्चिने सम्भावना बढी हुन्छ। लिंग भाच्चियको अबस्थामा समयमै अपरेसन नगरियमा घाउमा संक्रमण हुने, उत्तेजनामा समस्या हुने , लिंग सुक्दै जाने तथा निसन्तानपन पनि हुन सक्ने बताए ।
लिंग भाच्चियको अबस्थामा लिंग बाङ्गो हुने, रगत जम्मा भयर रंग गाढा रातो वा निलो हुने भाच्चियको ठाउँमा gap महसुस हुने हुन्छ । भाच्चियको लिंगलाई अपरेसन गरि रिपेयर गरिन्छ। समयमै (आठ घन्टा भित्र) अपरेसन गरियमा अपरेसन पश्चात् उतेजना, यौन इच्छा लगायत बच्चा सम्बन्धी कुनैपनी समस्या नहुने पनि डा. बस्नेतले बताए ।