नयाँ पाइला पुनःस्थापना केन्द्रले १० औं वार्षिकोत्सव मनायो

दाङ । नयाँ पाइला पुनःस्थापना केन्द्रले सोमबार १० औं वार्षिकोत्सव मनाएको छ । तुलसीपुर उपमहानगरपालिका १९ हाडीमेमा रहेको संस्थाले हाडीमेमै एक कार्यक्रमको आयोजना गरी दशौँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले अहिलेसम्म १ हजार ४ सय बढीलाई उपचार गरिसकेको बताए । उनले दुर्व्यसन न्यूनिकरणका लागि समाजमा पनि सचेतना दिने काम गरिरहेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार सुनिल पोखरेल, मनोपरामर्शविद शैलेश शर्मा, सल्लाहकार सुमन पोखरेल, जीतसागर जी.एम लगायतले लागूऔषध दुर्व्यसनबाट मुक्त बनाएर नयाँ जीवन प्रदान गर्न संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले बताए ।