बसको ठक्करबाट मृत्यु भएकी महिलाको परिचय खुल्यो

दाङ । तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाको परिचय खुलेको छ । मृत्यु हुनेमा तुलसीपुर ५ निवासी ३९ वर्षीया तिर्सना घर्ती मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृतकका बुबा प्रेम बहादुर थापा र छोरा नवीन घर्तीले दिउँसो सवा ३ बजेको समयमा सनाखत गरेको प्रहरीले जनाएको छ ।
तुलसीपुर बजारबाट बसपार्क भित्र जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा बसले ठक्कर दिएको हो ।
ठक्कर दिने बससहित चालक ४१ वर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस