सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाहरूको चासो

दाङ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायहरू संवेदनशील र जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको ‘ बढ्दो सवारी दुर्घटना न्यूनिकरणमा हाम्रो चासो विषयक’ कार्यक्रममा बोल्दै उनले ‘ केही समय पहिले विश्व स्वास्थ्य सङ्गठनले पनि सडक सुरक्षामा नेपाल उच्च जोखिममा रहेको भन्दै अव सडक सुरक्षाका विषयमा सबै जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए । उनले कुलग्राथ उत्पादनको ३ प्रतिशतले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका भन्दै नेपालमा पछिल्लो १० वर्षमा २५ प्रतिशतले दुर्घटना बढेको तथ्याङ्कले देखाएको बताए ।
उनले सबै भन्दा बढी सवारी साधन भएको छिमेकी जिल्ला भारत र चिनमा सवारी दुर्घटनाको दर घटेको र नेपालमा बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्ने दायित्व सबैको भएको बताए ।कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफूहरूको सुरक्षा रणनिति तयार गर्ने काम भएको भन्दै विपद् जोखिम अन्तर्गत सडक सुरक्षा पनि भएको बताए । उनले जीर्ण सडकको मर्मत र सडकमा पहिरो हटाउने लगायत विकास व्यवस्थापनमा सहजिकरण गरि रहेको बताए । उनले विभिन्न कारणले पछिल्लो समयमा दुर्घटना बढेको भन्दै मापसे लापासे लगायत विभिन्न कारणले दुर्घटना बढेको भन्दै त्यसका लागि सचेतना आवश्यक भएको बताए । सबै पक्ष जिम्मेवार भएमात्र दुर्घटना न्यूनिकरण हुने भन्दै पत्रकारहरूले पनि सचेतना कार्यक्रमहरूलाई बढाउनु पर्ने बताए ।
उनले दाङमा वैदेशिक रोजगारीमा ठगी, मिटर व्याज, जग्गा अतिक्रमण विकास आयोजनामा सुस्तता मापसे, लापासे लगायतका सुरक्षा चुनौतीहरू रहेको बताए । उनले यसको विषयमा विद्यालय स्तरमै पाठ्यक्रम निर्माण गरि विद्यार्थीलाई सचेतना दिनुपर्ने बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सबैले नकारात्मक कुरा र काम गर्ने प्रकृतिको अत्य गरि सकारात्मक कुरामा लाग्न पर्ने बताइन् । उनले दुर्घटना न्यूनीकरणका लागि आरुले विभिन्न अभियान थालेको समेत बताइन् । उनले ट्राफिक व्यवस्थापन चुनौतीको विषय रहेको भन्दै आफूहरूले विभिन्न सचेतना कार्यक्रम गदै आएको बताइन् । ‘दुर्घटना न्यूनिकरणका लागि सचेतना प्रमुख आवश्यकता हो शिक्षा मार्फत यसलाई न्यूनिकरण गर्नु पर्ने बताइन् ।
त्यस्तै नागरिक अगुवा वरिष्ठ पत्रकार टिकाराम रेग्मीले दुर्घटना न्यूनिकरण गर्ने सबैको दायित्व भएको भन्दै अधिकारसँगै सबैले कर्तव्यलाई ख्याल गर्नु पर्ने बताए । त्यस्तै पत्रकार महासङ्घका केन्द्रिय सदस्य लिला शाहले दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई मात्र दुर्घटना कस्तो हुन्छ भन्ने पीडा हुने भन्दै दुर्घटनाको न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् । उनले दुर्घटना न्यूनिकरणका लागि सचेतना आवश्यक रहेको समेत बताइन् । नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी आआफ्नो जिम्मेवारी बहन नगर्दा दुर्घटना बढिरहेको सबै स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सडकहरूको अध्ययन गरि मर्मत सम्भारका ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसी, नेपाल पत्रकार महासङ्घ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी दाङमा नियमित रूपमा दुर्घटना मानबिय र भौतिक क्षति भैरहेको सडकलाई नियमित मर्मत सम्भार आवश्यक छ यश तर्फ गम्भीर हुनुपर्ने बताए । रासस दाङ प्रमुख नारायणी रजौरे दिनहुँ जिल्लामा हुने सवारी दुर्घटनाका घटनाहरु रोक्न सबैले हातेमालो जरुरी रहेको बताइन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष केशव राज भण्डारी देशको मेरुदण्डको रूपमा रहेको यातायात क्षेत्र धोस्त हुँदै गएको बताउदैं जीर्ण अबस्था भएको सडकको कारणले गर्दा समयमै ठांउ सम्म पुग्न नसकेको बताए ।