गुरुकुलमा जिल्लामै पहिलो पटक विद्यार्थीहरुको लागि स्केटपार्क

दाङ । दाङ जिल्लाको घोराही १५ रतनपुरमा २०७२ सालबाट सञ्चालनमा आएको गुरुकुल एकेडेमी अहिले ९औ बर्ष पार गर्दै छ । विभिन्न अप्ठेरा परिस्थितिबाट सङ्घर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जिल्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ । सफलताको अट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुरुकुल एकेडेमीले लमहि र तुलसीपुरमा पनि आफ्ना शाखाहरू मार्फत विद्यालय सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूको लागि अत्यधिक सेवा सुविधा दिदैँ आएको विद्यालयले एक पछि अर्को सुविधा दिदैँ आएको छ ।
यसै अवसरमा गुरुकुल एकेडेमी तुलसीपुरले आफ्ना विद्यार्थीहरूको लागि निःशुल्क स्केट पार्कको ब्यवस्था गरेको छ । दाङ जिल्लामै पहिलो पटक स्केट पार्क सहितको विद्यालय भएको विद्यालयले बताएको । मनोरञ्जनको लागि विद्यार्थीहरू व्यवसायिक रुपमा खोलिएका स्केटपार्कमा प्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाध्यता आफ्ना विद्यार्थीहरूको लागि हटेको विद्यालयको भनाई छ ।
पठाईसँगै अन्य अतिरिक्त कृयाकलाप पनि गराउँदै आएको गुरुकुल एकेडेमीले शिक्षा सहित खेलकुदमा विद्यार्थीहरूको सर्वाङ्गिन विकास गर्ने उद्देश्यले उक्त स्केटपार्क सञ्चालनमा ल्याइएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।
साथै विद्यालयले यही माघ २१ गते सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना समेत खोलेको छ । सीमित सिटमा भर्ना खुलेको विद्यालयमा समयमै आफ्ना बालबालिकाहरूको भर्ना गरी शिक्षिकासँगै अतिरिक्त कृयाकलाप तथा ब्यवहारिक ज्ञान हासिल गर्न पनि विद्यालयले अनुरोध गरेको छ । साथै गुरुकुल एकेडेमी लमहीले पनि विद्यार्थीहरूको लागि स्केटपार्कको सुविधा थप गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।