मेला महोत्सव लगाउन उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाउनुपर्ने

दाङ। तुलसीपुरमा मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाउनुपर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आज बसको २८औं कार्यपालिका बैठकले तुलसीपुरमा मेला लगाउनका लागि २५ लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने निर्णय गरेको हो ।

मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले यसअघि एक लाख राजश्व लिने गरेको थियो । तर पछिल्लो पटक महोत्सव संचालनका लागि नगरले लिने राजश्वमा ह्वात्तै बढाएको हो । कार्यपालिकाको बैठकले २५ लाख रुपैयाँ राजश्व लिएर तुलसीपुर चेम्बर अफ कमर्शलाई मेला लगाउन दिने निर्णय गरेको नगरका प्रवक्ता माधव वलीले बताए ।

उनका अनुसार २८औं कार्यपालिका बैठकले १६औं नगरसभाको हिउँदे अधिबेसन माग २१ गतेदेखि सुरु गर्ने र माघको अन्तिमसम्ममा मेयरकप संचालन गर्ने लगाएतका निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस