दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

दाङ । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका ३ भैसहवा बस्ने करिब ५० वर्षीय तुलाराम बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजेतिर गढवा गाउँपालिका ५ कक्रहवा स्थित गढवा –कोइलाबास सडक खण्डमा भैसहवा देखी कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो दुर्घटना भएको थियो । घुम्तीमा मोड्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा तुलारामसहित ३ जना घाइते भएका थिए । जसमा करिब ४० वर्षीय बसन्ती बिक र राप्ती गाउँपालिका ४ बस्ने करिब ३६ वर्षीय प्रेम चन्द्र यादव घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारको लागि लमहीमा रहेको लमही अस्पतालमा पठाइएको थियो ।
जसमा तुलाराम र प्रेम चन्द्रलाई थप उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा रिफर गरिएकोमा तुलारामको उपचारका क्रममा दिउँसो करिब साढे ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी ईश्वर थापाले जानकारी दिए । अर्की घाइते बसन्तीको लमही अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो र अटो चालक राजपुर गाउँपालिका ३ भैसहवा बस्ने ४० वर्षीय मदन बिक नियन्त्रण लिएर र घटना बारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।