अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौ : मुख्यमन्त्री आचार्य
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्षसँग छलफल गरेका छन् । उनले अस्पतालले दिदैँ आएको उपचार सेवा र भर्ना भएका बिरामीहरूलाई भेट गर्दै सेवा सुविधा बारे जानकारी लिएका थिए । उनले अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताए ।
अस्पतालमा उपचार सेवा प्रभावकारी हुँदै गएको, दैनिक उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी अस्पतालको तर्फबाट दिइएको छ । १५ बेडको अस्पताल भएपनि बिरामीको चाप बढेकाले अहिले २५ बेडको सुविधा प्रदान गरिएको छ ।
बहिरङ्ग सेवाका लागि दैनिक १५० देखी २ सय जना बिरामी आउने गरेका छन् । करिब ३० जना बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालका डा. विनोद बढैले जानकारी दिए । अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी लगायत स्थानीय सरोकारवाला पक्षसँग मुख्यमन्त्री आचार्यले छलफल समेत गरेका थिए ।
