महासंघको निर्वाचनका लागि मनोनयन दर्ता

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो । जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा चार जनाले मनोनयन दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा दुई र समावेशी उपाध्यक्षमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै महासचिवमा चार, खुला सचिवमा सात, महिला सचिवमा तीन र आदिवासी जनजाति सचिवमा तीन जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।



प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस