विशिष्टीकृत सहकारीलाई स्थानीय उत्पादन बढाउन प्रदेश सरकारको योजना

बुटवल । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरूलाई स्थानीय उत्पादनमा जोड्ने गरी परिचालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले रूपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको शनिबार अवलोकन गर्दै स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी संस्थालाई परिचालन गर्नेगरी सरकारले योजना बनाउने बताए ।

विशिष्टीकृत सहकारी संस्थाले सञ्चालन गर्ने उद्यम तथा उद्योगको विकासको लागि प्रदेश सरकारले ऋण तथा उत्पादन प्रोत्साहन अनुदानको लागि नीतिगत व्यवस्था गर्ने  उनले बताए।  तिलोत्तमामा १४ करोडको लगानीमा उद्योग स्थापना भएको छ ।

यो उद्योगमा तीन लाख बढी किसान प्रत्यक्ष जोडिएका लुम्बिनी विशिष्टीकृत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिए। तिलोत्तमा नगरपालिका ६, पश्चिम पहुनीमा स्वचालित प्रविधि जडित डेरी उद्योग हालसालै स्थापना गरिएको हो । डेरी उद्योगले दूधजन्य पदार्थ उत्पादन सुरु गरेको छ । 

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस