आयुर्वेद उपचार पद्धतिलाई प्रवर्द्धन गर्न जरुरी छ : मन्त्री सारू

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारूले आयुर्वेद र एलोप्याथिक उपचारको लागि महत्व पूर्ण रहेको बताए । दाङको तुलसीपुर १९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको निरीक्षण गर्दै उनले यस्तो बताए । यस्तै उनले नेपाल जस्तो देशमा आयुर्वेदले जुन स्थान लिनु पर्ने हो ? त्यो अझै लिन नसकेको समेत बताए । प्रशस्तै रुपमा पाइने जडिबुटीको खोज अनुसन्धान गरी प्रयोगमा ल्याउन नसक्दा नै आयुर्वेदलाई अहिलेसम्म प्रवर्द्धन गर्न नसक्दा नै एलोप्याथिक उपचारको ठाउँमा कम भएको भन्ने नागरिकमा बुझाइ रहेको उनको भनाइ छ ।
उनले भने,‘ आयुर्वेद उपचार भनेको प्राकृतिक उपचार पद्धति हो । यसलाई प्रवर्द्धन गर्नको लागि सङ्घीय र प्रदेश सरकार यसलाई प्राथामिकतामा राखेर लागि राखेको छ ।’ उनका अनुसार एलोप्याथिक पद्धतिको उपचारमा अहिले हामीहरू धेरै गइरहँदा र प्राकृतिक चिजहरूलाई अवलम्ब नगर्दा व्यक्तिहरूमा मानसिक, मनोसामाजिक रोगहरू आइरहेको छ । यस्तै उनले बहुराष्ट्रिय कम्पनीहरूबाट उत्पादित बस्तुहरू प्रयोग गर्ने बढि रहेको भन्दै यसलाई न्यूनिकरण गर्दै अर्गानिक चिजहरू उपभोग गर्ने र उपचार पद्धतिलाई अनुसरण गर्न आवश्यक रहेको समेत बताए । उनले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ को अवधारण गर्नु पर्ने समेत बताए ।
उनले भने,‘ आयुर्वेद उपचारप्रति नागरिकहरूले विश्वास होला, भन्ने लागेको थिएन । तर, यस अस्पतालमा स्वर्ण विन्दु प्राशन खुवाउने कार्यक्रम आमाहरूको छोराछोरी बोकेर लाइन बसेको देख्दा धेरै खुशी लागेको छ । हाम्रो सरकारी निकायहरूमा विश्वसनियता अलि कम रहेको छ । त्यसैले हामी सबैले राम्रा चिजहरूलाई प्रवर्द्धन गर्न जरुरी छ । ’ यस्तै उनले जति पनि सरकारी संरचनाहरू रहेका छन्, उनीहरूको प्रवर्द्धन गर्न जरुरी रहेको समेत बताए । उनले आम नागरिकहरूले यस आयुर्वेद अस्पताललाई विश्वास गर्नु भनेको सरकार प्रति र स्वास्थ्य संरचनाहरू पनि विश्वास बढ्दै गइरहेको आफूले पाएको समेत बताए ।
उनले अहिले नकारात्मक कुराहरू धेरै आउने र सकारात्मक कुराहरूको प्रचार कम हुने गरेको समेत बताए । उनले यो स्वर्ण विन्दु प्राशनले धेरै आमाहरूको मन जितेको आफूले पाएको यो गौरवको कुरा रहेको समेत बताए । यस्तै उनले प्रादेशिक आयुर्वेद चिकित्सालयमा धेरै राम्रो व्यवस्थापन पाएको भन्दै यो संस्थागत रुपमा जानु पर्ने समेत बताए । यस्तै उनले स्वास्थ्य क्षेत्रमा कतिपय नीतिगत कुराहरू मिलाउनु पर्ने रहेको छ, भने कतिपय आर्थिक तथा मानवीय स्रोत व्यवस्थापनको कुरा रहेको समेत बताए । उनले भने,‘ हामीले कतिपय काम गर्ने कुराहरू सुधार गर्नुपर्ने छ । तर, हामीमा काम गर्ने इच्छाशक्ति रहेको छ ।’ उनले आम नागरिकहरूको पहुँच हुने ठाउँ भनेको सरकारी अस्पतालभर रहेको हुँदा यिनीहरूको प्रवर्द्धन गर्न आवश्यक रहेको पनि औँल्याए ।
यस्तै उनले क्यान्सर, मिर्गौैला, मुटुको उपचारमा विपन्न नागरिकहरूलाई प्रदेश सरकारले २ लाख रुपैयाँ सहयोग गर्ने गरेको भन्दै त्यसका लागि प्रदेश राजधानीमा रहेको स्वास्थ्य निर्देशनालयमा सिफारिस ल्याउन जानु पर्ने बाध्यता हटेको समेत बताए । उनले भने,‘ अहिले हामीले त्यो कार्यविधिलाई संसोधन गरेर हामीले करिब १५ दिन जति भयो । प्रत्येक जिल्लाका स्वास्थ्य कार्यालयबाट सिफारिस पाउने व्यवस्था मिलाएका छौँ । विगतका दिनमा मुटुको भल्ब र मिर्गौैला प्रत्यारोपण गरेपछि मात्र २ लाख पाइन्थ्यो । तर, अहिले त्यो पैसाले बिरामीको उपचार रोकिन्छ, भने निर्देशनालयले स्रोतको सुनिश्चित गरिदिन्छ । उपचार अगाडि बढाउन सकिने व्यवस्था गरेका छौँ ।’ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बासुदेव उपाध्यायले सरकारले प्रत्येक निति , नियममा आयुर्वेद बैकल्पिक चिकित्सा एलोप्याथिक स्वास्थ्य क्षेत्रलाई प्राथामितामा राखेको बताए ।
आयुर्वेद भर्सेस एलोप्याथिको प्रतिस्पर्धा बनाउन तर्फ प्रदेश सरकार र नेपाल सरकारले कहिले पनि नलागेको बताए । उनले भने,‘ हामीले ध्यान दिने भनेको नेपाली नागरिकहरूको स्वास्थ्यमा ध्यान दिने हो ? आयुर्वेद डाक्टर र एलोप्याथिक डाक्टर विच एकअर्कामा अविश्वास गर्ने रहेको छ । यो अस्पतालमा अहिले १५ सय बढि आमाहरु बच्चा ल्याएर स्वर्ण विन्दु प्राशन खुवाउन आउनु हुन्छ । यदि यसैलाई नकारात्मक रुपमा हेर्दा नकारात्मक हुन्छ । यसले राम्रोसँग काम गरेको हुँदा आमाहरु विश्वास मानेर आउनु भएको छ । यो पनि एउटा आयुर्वेदको सकारात्मक पक्ष हो ?’ आफूहरुले पनि अस्पतालमा बच्चा बोकेर स्वर्ण विन्दु प्राशन खुवाउन आएका आमाहरुसँग बुझ्दा बच्चाहरुमा राम्रो काम गरेको भन्ने कुरा आएको भन्दै उनले यसलाई अभियानका रुपमा लैजानु पर्ने समेत बताए ।
उनका अनुसार यसलाई अभियानका रुपमा लैजानको लागि प्रदेश सरकारको पनि दायित्व हुन्छ । त्यसै अनुसार बजेटको व्यवस्थापन गरेर यसलाई आधुनिक विज्ञानका रुपमा अगाडि बढाउनु पर्ने समेत बताए । यस्तै उनले यो अस्पताललाई ५० बेडसम्म स्तरउन्नती गर्ने गरी अर्काे निति कार्यक्रममा समाबेश हुने समेत बताए । उनले यस अस्पतालमा औषधि निर्माणको लागि पनि सहयोग गर्ने बताए । उनले अहिले ७ वटै प्रदेशमा जडिबुटी संकलन, प्रसोधन तथा निर्माण केन्द्र स्थापना गर्ने कुरा रहेको समेत बताए । यस्तै उनले अहिलेसम्म अस्पतालहरुमा बजेटहरु छरिएर आउने हुँदा प्रदेश सरकारले अबदेखि प्रदेशका दुई आयुर्वेद अस्पताललाई मुख्य प्राथामिकता दिने समेत बताए । उनका अनुसार बुटवलमा रहेको प्रादेशिक र दाङको बिजौरीमा रहेको प्रादेशिक अस्पतालमा बढि फोकस दिइने र अरुलाई विस्तार विकास गर्दै जाने योजना रहेको छ ।
बालबालिकालाई फाइदा
स्वर्ण विन्दु प्राशन खुवाउन आएकी घोराही उपमहानगरपालिका १० नारायणपुरकी बिमला नेपालीले अहिलेसम्म ४ पटक खुवाएको बताइन् । शुरुमा छिमेकीहरुले खुवाएको थाहा पाएपछि आफू पनि आएको भन्दै यसले बालबालिकाहरुलाई फाइदा गर्ने गरेको बताइन् । उनले भनिन्,‘ मेरो छोरीलाई पनि रुघाखोकी लाग्ने गर्दथ्यो । अहिले यो खुवाएदेखि त्यस्तो समस्या देखिएको छैनन् । यसले बालबालिकाहरुलाई फाइदा हुने रहेछ । ’ यस्तै तुलसीपुरकी करिना खड्काले पनि यो खुवाएदेखि आफ्नो बच्चाले राम्रोसँग खाना खाने र बिरामी पनि नहुने बताइन् । उनले पनि बच्चाहरुको लागि यो एकदमै राम्रो औषधि रहेको समेत बताइन् । य
स्तै तुलसीपुर १७ मानपुरका शोमराज चौधरीले पनि ५ पटक खुवाएको भन्दै यसले बच्चालाई फाइदा गरेको बताए । उनले भने,‘ यदि यसले फाइदा नगरेको भए, यतिधेरै अभिभावकहरु आफ्ना बच्चा ल्याएर बिहान ५ बजे अस्पतालमा आउने थिएनन्, होला । यसले फाइदा गरेको कारणले नै आउने गर्दछन् ।’
झण्डै २ हजार बालबालिकालाई स्वर्ण विन्दु प्राशन खुवाउँदै
करिब ३ बर्षदेखि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङले बालबालिकालाई स्वर्ण विन्दु प्राशन खुवाउँदै आएको छ । यो १६ बर्षसम्मका बालबालिकाहरुलाई खुवाउने सकिने भएयता पनि अस्पतालले जन्मेको एक महिनादेखि ५ बर्षसम्मकालाई मात्र खुवाउँदै आएको छ । शुरुमा ५ सय बालबालिकाहरुलाई खुवाउँदै आएकोमा बुधबार एक हजार ६३७ जनालाई खुवाइएको अस्पातलका निमित्त निर्देशक डाक्टर सन्तोष कुमार ठाकुरले बताए । उनका अनुसार प्रत्येक महिनाको पुष्य नक्षेत्रको दिनमा बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशन खुवाइने गरिन्छ ।
अहिले तुलसीपुर उपमहानगरपालिका, घोराही लगाएत अन्य पालिकाबाट बालबालिकाहरु खान आउने गरेको उनको भनाइ छ । स्वर्ण विन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन, हुर्कनका लागि फाइदा पुग्ने उनको भनाइ छ । मह, अश्वगन्धा, शंखपुष्पी, वाचालाई सुनको भष्मसँग मिसाएर तयार गरिने हुँदा यो बनाउन महंगो पर्ने हुँदा अहिले निःशुल्क रुपमा ५ बर्षसम्मका बालबालिकाहरुलाई उमेर अनुसार थोपा थोपा खुवाइने गरिन्छ । अहिलेसम्म अस्पतालले आफ्नै खर्चमा यो खुवाउँदै आएको समेत अस्पतालले जनाएको छ । अस्पतालले प्रत्यके महिना एक पटक बिहान ६ बजेदेखि साढे ९ बजेसम्म यो खुवाउने गर्दछ ।