दाङमा नगदसहित जुवा खेल्ने १० जना पक्राउ

दाङ । दाङमा प्रहरीले  एक लाख ६४ हजार बढि  रकमसहित अवैध  रुपमा जुवा खेल्ने १० जना ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ४ का  ५३ वर्षीय देब बहादुर केसी, सोही ठाउँमा ५४ वर्षीय शालिकराम भण्डारी, ४३ वर्षीय मेघ बहादुर केसी,  ३६ वर्षीय कमल बुढाथोकी, ४८ वर्षीय कालुराम चौधरी, ३१ वर्षीय तेज घर्ती ,  ४९ वर्षीय धर्म चन्द, ५७ वर्षीय यज्ञ  बहादुर केसी, ४२ वर्षीय यज्ञराज डाँगी र कन्चनपुर बेलौरी नगरपालिका ८ बस्ने ३६ वर्षीय बिक्रम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

उनीहरूलाई  आइतबार राती करिब साढे १० बजेतिर  ४ जुम्लिखोलामा धर्म बहादुर चन्द को घरमा अवैध रुपमा जुवा खेली रहेको  भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरी टोलीले  नियन्त्रणमा लिएको इप्रका तुलसीपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।  उनका अनुसार  अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ६४ हजार ३०५ रुपैयाँ ,१ गड्डी तास सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस