अमर प्रहरी प्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण
बुटवल । ६९औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मृतिमा निर्माण गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । देशमा भएको विभिन्न आन्दोलनहरू, द्धन्द्धका क्रममा सहादत प्राप्त गर्नुहुने सबैप्रति श्रद्धाञ्जली, अपाङ्गता नभएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । प्रहरी सङ्गठनको स्थापना विसं २०१२ असोज ३१ गते भएको थियो ।
हरेक वर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा ७ हजार ५ सयलाई लिएर नागरिकको जीउधनकै शान्ति सुरक्षाको जिम्मेवारीका साथ सङ्गठित यो संस्थाले झण्डै ८० हजार बढी जनशक्ति लिएर अहिले ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा पुरा गरिरहेको छ ।