तुलसीपुरमा एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने

दाङ । तुलसीपुरमा एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न ३३ केभी र ११ केभी फिडरहरूमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रूखहरू काट्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आइतबार एक सूचना जारी गरी विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस