पहिरोले दाङ–सल्यान, सडक खण्ड अवरुद्ध 

दाङ । पहिरोले दाङ, सल्यान, रोल्पा र प्यूठान सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले दाङसंग जोड्ने पहाडी जिल्लाहरुसंगको सम्बन्ध पूर्ण रुपमा बन्द भएको छ । राप्ती राजमार्ग अन्तरगत दाङ– सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका ३ राम्री नजिकै ठूलो पहिलो झरेको छ । सडक खण्डको एक ठाउँमा झन्डै १२ मिटर बढी सडक पहिराले भत्किएको प्रहरीले जानकारी दिएको छ । सडक खण्डमा अन्य स्थानमा पनि साना ठूला पहिरो ठाउँ ठाउँमा झरेको भन्ने खबर आएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

उनका अनुसार तुलसीपुर घोराही सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा आएको बाढीका कारण सडक खण्ड अवरुद्ध भएको छ । खोलामा बाढी आएका कारण बैकल्पिक मार्गबाट सवारी सञ्चालन गर्न आग्रह गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत दाङको लमही नगरपालिका – ९ च्याउखोलामा पहिरोका कारण सडकमा खसेका ढुंगाहरु यात्रु मिलेर आँफैले पच्छाँएर यातायात सञ्चालन गरेका छन् ।

पहिरोले दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने शहिद मार्गपनि अवरुद्ध भएको छ । यो सडक खण्डमा पनि ठाउँ ठाउँमा साना ठूलो पहिरोहरु झरेको खवर आएको प्रहरीले बताएको छ । दाङ–यूठान सडक खण्डपनि पहिरोका कारण अवरुद्ध छ । दाङको भालुवाङदेखि –प्यूठान जाने सडक खण्डमा रो झरेका कारण सडक खण्ड अवरुद्ध हुन पुगेको हो । पहिरो पञ्छाउन जेसिबीहरु प्रयोग गरिएको भएपनि हल्कादेखि मध्यम बर्षा जारी रहेको हुँदा संभव भइ रहेको छैन । लेदो माटो झर्ने क्रम नरोकिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी दाङमा राप्ती नदीमा बढेको बाढीबाट सर्तकर्ता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । शनिबार बिहानसम्म नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस