भायनेटले ‘महा महोत्सव’ अफर ल्यायो

दाङ ।  देशकै अग्रगामी इन्टरनेट सेवा प्रदायक भायनेटले कम्युनिकेसनले चाडपर्वको अवसरमा भायनेटले ‘महा महोत्सव ’  अफर सार्वजनिक गरेको छ । सेवाग्राहीको लागि थप स्पीड , बचत, रोमाञ्चक अफर ल्याएको जनाएको छ । कम्पनीका अनुसार यस महोत्सव अन्तर्गत १२५ एमविपिएसको सट्टामा त्यहि मूल्यमा २०० एमविपिएस स्पीडको वार्षिक ८ हजार ९९९ रुपैयाँमा सेवा दिने जनाएको छ ।

यस्तै भायनेटले  सेवाग्राहीको घरभरि वाइफाइ कभरेज बढाउनको लागि जेटटिइको मेस वाइफाइल अफर पनि ल्याएर आएको जनाएको छ ।  सेवाग्राहीले मेस वाइफाइ राउटरमा २ वटा सेटलाई एकको मूल्यमा पाउने समेत जनाएको छ । जसका लागि ३ हजार भ्याटसहित रकम  तिर्नुपर्छ   । 

त्यस्तै भायनेटले ३ महिना  भन्दा माथिको नवीकरण वा नयाँ जडान गर्ने सेवाग्राहीहरुले टेलिभिजन, फ्रिज, वासिङ मेसिन जस्ता इलेक्ट्रोनिक सामानहरू  २८ प्रतिशत छुट पाउने समेत जनाएको छ । भायनेटले  सेवाग्राहीको इन्टरनेट अनुभवलाई अझ समृद्ध बनाइ र थप सेवाहरू दिनको लागि यो महा महोत्सव अफर ल्याएको कम्पनीले जनाएको छ । साथै अफरका बारेमा थप जानकारी लिनको लागि भयानेटको वेबसाइट  www.vianet.com.np/mahamohatsav2081 गएर  जानकारी लिन समेत आग्रह गरेको छ । 

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस