निर्धनको तीनदिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

दाङ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आयोजनामा तीनदिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । शाखा कार्यालय तुलसीपुरको आयोजनामा भदौ १६ देखि १८ गतेसम्म सञ्चालित व्यवसायिक बाख्रापालन तालिममा विभिन्न केन्द्रका ३८ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम व्यवस्थापन मिन बहादुर हमाल, क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख नवराज जोशीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । तालिममा सहभागीहरु पार्वती सेजुवाल, तिला डाँगी, पूर्णमाया जिसीलगायतले तीन दिनसम्म तालिममा सिकेको सीप, ज्ञानलाई लागू गर्ने बताए । तालिमको अन्तिम मूल्याङ्कन प्रतिवेदन पार्वती सेजुवालले प्रस्तुत गरेकी थिइन् ।

कमला बस्नेतको सभापतित्वमा भएको समापन कार्यक्रमको सहजीकरण संस्थाका सहायक डिल्ली भण्डारीले गरेका थिए । तुलसीपुर शाखा प्रमुख धर्मराज बस्याल र लेखापाल प्रेम बहादुर खड्काले तालिमको उद्देश्य माथि प्रकाश पार्दै १८ देखि ७० वर्षका महिलाहरुलाई समूहमा आवद्ध गराई संस्थाले विभिन्न आयआर्जनमूलक क्षेत्रमा लगानी गरेको बताएका थिए । तीन दिनसम्म सञ्चालित व्यवसायिक बाख्रापालन तालिमको प्रशिक्षकमा सुदाम भट्ट र प्रेम घर्ती मगर रहेका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा सञ्जाल रहेको लघुवित्त संस्था हो । संस्थाले १८५ वटा शाखा, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९६ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस