गुरुकुल एकेडेमीमा टिटी तथा चेस प्रतियोगिता सम्पन्न

घोराही । गुरुकुल एकेडेमी घोराही, लमहि र तुलसीपुरको टेबल टेनिस र चेस प्रतियोगिता सम्पन्न भएको छ । आज गुरुकुल एकेडेमी घोराहीमा एक कार्यक्रम गरे प्रतियोगिता सम्पन्न गरिएको हो । पहिलो चरणमा अन्तर विद्यालय प्रतियोगिता गरी उक्त प्रतियोगिताबाट प्रथम , दृतिय, तृतीय विद्यार्थीहरूलाई समावेश गरी गुरुकुल एकेडेमी घोराही , तुलसीपुर र लमहि बिच अन्तिम प्रतिष्पर्धा भएको प्रतियोगिता व्यवस्थापक तथा गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भूगोल कवर मगरले जानकारी दिए । 

प्रतियोगितामा छात्रको तर्फबाट डबल टेबल टेनिसमा गुरुकुल एकेडेमी घोराहीबाट सद्गुन थापा र कृतज्ञ अधिकारी प्रथम भएको हो भने सिंगल मा प्रक्षित खड्का प्रथम भएका हुन । यस्तै छात्रा तर्फ निशा भण्डारी घोराहीबाट प्रथम स्थान हासिल गरेका हुन । यसैगरी छात्र तर्फ चेस खेल प्रतियोगितामा सोहम खनाल घोराहीबाट प्रथम हुनुभएको थियो भने छात्रा तर्फ स्वस्तिका पौडेल प्रथम भएका हुन । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीबाट १२ जना तुल्सिपुरबाट ५ जना र लमहीबाट ७ जना गरी जम्मा २४ जना सहभागि भएका थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । 

प्रतियोगिताको औपचारिक कार्यक्रममा मन्तव्य राख्दै गुरुकुल एकेडेमी तुल्सिपुरका प्रधानाध्यापक मुकुन्द गिरी तथा लमहीका प्रधानाध्यापक सुरज खनालले खेलकुद शारीरिक तथा मानसिक रुपमा निकै फाइदा रहेको र खेलकुदमा पनि भविष्य बनाएका बिभिन्न ब्यक्तिहरूको परिचय आफूहरूले सुनेको बताउँदै विद्यालयले विद्यार्थीहरूको लागि खेल खेल्ने प्ल्याट फर्म निर्माण गरी दिएको बताए । साथै उनीहरूले नियमित रुपमा खेलको विकास गर्न सके पक्कैपनि सफलता मिल्ने बताए । यसै बिच प्लस टु अव्यवस्थापन संकायका संयोजक राजन अधिकारीले शुभकामना मन्तव्य रखेका थिए । कार्यक्रम सम्बन्धी जानकारी गुरुकुल एकेडेमी घोराहीका इसिए संयोजक विशालमान श्रेष्ठले दिएका थिए ।  

विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कक्षा ९ का छात्र आर्यन अधिकारीले गरेका थिए। कार्यक्रम नियमित तालिका अनुसार सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस