पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

गुल्मी गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका- १ बिसौनाका विष्णु विक र हुकुम विकको घरमाथिबाट लेदोसहितको पहिरोले घर पुरिँदा अन्दाजी ४६ वर्षीय गोरे विक,६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक र साढे दुइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए।
पहिरोले पुरिँदा दुईजना घाइते भएका छन्। घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र उनकी श्रीमती वर्ष २३ की मुना विक रहेका छन्। उनीहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको केसीले बताए। घटनाको बारेमा बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस