हेमराज धिताल हत्याकाण्डको १४ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेनन्
दाङ । दाङका सन्चार उद्यमी रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष देवी प्रसाद धिताल ( हेमराज ) को हत्या काण्डको १४ वर्ष पुरा भएको छ । तत्कालीन राप्ती अञ्चल बस व्यवसायी समितिका अध्यक्ष समेत रहेका धितालको साबिक उरहरी गाविसको जसपुर भन्दा केही उत्तर हेमनगरमा अज्ञात समुहले साउन ६ गते हत्या गरेको थियो । धिताल स्मृति प्रतिष्ठानले हरेक वर्ष उनको सम्झनामा कार्यक्रम गर्दै राज्यलाई हत्यारा पत्ता लगाउन दवाव दिँदै आएको छ ।
शनिबार त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको तुलसीपुरस्थित कार्यालयमा उनको सम्झनामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै धितालकी जेठी छोरी मनिषा धितालले यतिका समय आफ्ना बुवाको हत्यारा पत्ता नलाग्दा आफूहरू त्रासमा बाँच्नु परेको बताइन । उनले आफू चुपचाप बस्दा झनै राज्यले निरही ठानेको जस्तो महसुस भइ रहेको भन्दै वर्षमा एक पटक मात्र नभइ सधैँभरि राज्यलाई हत्यारा पत्ता लगाउन दवाव दिन आग्रह गरिन् ।
उनले भनिन्,‘ हाम्रो देशको कानुनी, प्रहरी प्रशासन हाम्रो परिवारको लागि चुप लागेर बसिरहेको जस्तो हामीलाई लागेको छ । १४ वर्ष हुँदासम्म बुवाको हत्यारा को हो ? किन गराएको भन्ने हामीले अहिलेसम्म थाहा पाएका छैनौँ । हामी कहिलेसम्म आशु बगाएर यसरी बस्ने हो ?’ यस्तै उनले प्रत्येक वर्ष बुवाको सम्झनामा कार्यहरू गर्दा जहिले पनि प्रहरी प्रशासनले हत्याराको नजिक आएको छौँ, पत्ता लगाइसकेका छौँ, भन्ने गरेको भएयता पनि अहिलेसम्म त्यो सार्वजनिक नहुनुमा ठुलो ब्यक्तिको पावर हुने सक्ने बताइन् ।
उनले भनिन्,‘ कार्यक्रममा उपस्थित सबै जनालाई हाम्रो अनुरोध छ । बुवाको हत्यारा पत्ता लगाउन तपाईँहरू कार्यक्रमको दिन मात्र नभइ सधैँभरि आवाज उठाइदिनु होला । हामी पनि हाम्रो तर्फबाट बोल्ने ठाउँ र जाने ठाउँमा जाने छौँ । तपाईँहरूले हरेक दिन मौका पाएको ठाउँमा यो कुरा उठाइदिनु होला ।’
यस्तै कार्यक्रममा बोल्दै त्रिशिद्धिश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुुरेश हमालले आफ्ना तत्कालीन अध्यक्ष धितालको हत्यारालाई छिटो पहिचान गरि सार्वजनिक गर्न माग गरेका छन् । उनले अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै अब भगवानको भरोसा रहेको समेत बताए । उनले भने,‘ जिल्लामा आउने प्रहरी प्रमुखदेखि धेरै गृहमन्त्रीहरुलाई यो घटनाको बारेमा कुरा पु¥याएका छौँ । तर, अहिलेसम्म हत्यारा पत्ता नलाग्नु, के कारणले हत्या भयो, कसले गरेको हो ? भन्ने कुरा परिवारले अहिलेसम्म थाहा नपाउनु भनेको त्यो अर्काे अन्याय र पीडा हो ।’
यस्तै २०/ ३० वर्ष पुराना घटनाहरु सार्वजिनक भएको भन्दै उनले जति लुकेपनि एकदिन हत्यारा पत्ता लाग्ने समेत बताए । रगतले बाटो दिँदैन्, भन्ने कुरा अनुसार अपधराधि जो सुकै भएपनि पत्ता लाग्नेमा आफूहरु आशावादी रहेको समेत बताए । उनले भने,‘ यो घटनाको हत्यारा पत्ता लाग्नु भनेको सभ्यसमाज निर्माण हुने कुरामा टेवा पुग्छ । यसले अर्काे अपराध नघट्न पनि सक्छ । हत्यारा पत्ता लगाउन सबै आ–आफ्नो ठाउँबाट लागेर राज्यलाई थप दवाव दिन जरुरी छ ।’
यस्तै नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले १४ बर्षसम्म पनि रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्याको कारण र हत्यारा पहिचान गर्न प्रहरी प्रशासनले नसक्नुले समाज अन्यौंल र त्रासमा बाँच्नु परेको बताए । उनले धिताल हत्या हरेक मानिस स्वतन्त्र र भएरहित बाँच्न पाउने अधिकारको ठाडो उलंघन मात्रै नभइ एक समाजिक अभियान्ताको समसाँझै बस्तिमाझ भएको हत्या एक जघन्ने मानब अधिकार उलंघनको घटना भएको हुँदा त्यो छिटो पत्ता लगाउन प्रहरी लाग्नु पर्ने माग गरे । यस्तै काँग्रेस नेता हेमराज प्रतिष्ठानका सदस्य लेबेन्द्र धितालले हेमराज धिताल हत्या एक नियोजित र क्रुर घटना भएको हुँदा त्यस्मा संलग्न ब्यक्तिहरुको छिटो भन्दा छिटो पहिचान गरि सार्वजनिक गर्न माग गरेका थिए ।
उनले भने,‘ घटना भएको १४ वर्ष हुँदासम्म पनि न घरपरिवार न्याय पाएको छ । न समाजले नै न्याय पाएको छ । यस्ता अपराधिहरु फेला परेपछि समाज सुरक्षित हुन सक्छ । अपराधि पत्ता लगाउन नसक्नु नै यो समाजको लागि घाटाको विषय हो । ’कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष हरिहर प्रसाद रजौरियाले प्रहरी प्रशासनले हालसम्म पनि हत्याको कारण र हत्यारा पत्ता लगाउनु नस्कनु ठूलो कमजोरी भएको बताए । उनले हत्यारा पत्ता लगाउन घटना भएदेखि अहिलेसम्म राज्यलाई दवाव दिँदा दिँदा आफूहरुले थाकिसकेको बताए ।
उनले भने,‘ राज्यले देशमा भएका हत्या, हिसां, बलात्कार, भट्राचारका घटनाहरुका दोषिहरुलाई अहिलेसम्म पत्ता लगाउन सकेको छैन् । जसका कारण जनताप्रति त्यो विश्वास पनि हटिसकेको छ । हामी अझै हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई अनुरोध गर्छाैँ ।’ यस्तै उनले राज्यले आफूहरुको कुरा सुनेर आफूहरुलाई न्याय दिन समेत आग्रह गरे । कार्यक्रममा प्रालिको तर्फबाट रेडियो तुलसीपुरकी कार्यबहाक सम्पादक सर्मिला डिसीलाई ५ हजार ५५५ रुपैंया नगदसहित सम्मान र दुर्घटनामा परी घाइते भएका यातायात मजदुर टंक बिसीलाई १० हजार नगदले सम्मान गरिएको थियो ।
धिताल आफ्नो पूर्खेउली गाविस उरहरी अन्तरगतका कटाँहा, हस्नापुर लगाएतका वडाहरुमा मानिसहरु संग भेटघाटका लागि गइ फर्किदै थिए । त्यो समय धिताल राजनीतिमा क्रियासिल हुने उदेश्यका साथ घरदैलोमा पुगेका थिए । उनी नेपाली काँग्रेसको वडा सम्मेलनको तयारीका लागि आफ्नो पक्षमा माहोल निर्माण गर्न घर दैलोमा गइ फर्किने क्रममा हतियार धारी अज्ञात समुहले मोटरसाइकलमा तुलसीपुरस्थित आफ्नो घर तर्फ फर्किदै गर्दा बाटो ढुकेर बसेको समुहले बुलेका साढे ६ बजेतिर लखेकी लखेटी गोली प्रहार गरि हत्या गरेको थियो । छाति लगाएत शरिरका बिभिन्न भागमा गोली प्रहार बाट अचेत भएका धिताललाई तत्कालिन अञ्चल अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।