गुरुकुल एकेडेमी तुलसीपुरका विद्यार्थीहरूलाई सर्प सम्बन्धि प्रशिक्षण
दाङ । गुरुकुल एकेडेमी तुलसीपुरमा विद्यार्थीहरूलाई सर्प सम्बन्धिका कुराहरु बारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भण्डारीद्वारा सर्प बारे बिभिन्न कुराहरूको बारेमा जानकारी गराएको थियो । विशेषगरी गर्मी समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।
कार्यक्रममा गुरुकुलका विद्यार्थीहरूलाई नेपालमा पाइने बिभिन्न विषालु र अ बिषालु सर्पहरुको बारेमा कसरी पहिचान गर्ने र सतर्कता अपनाउने भन्ने बारेमा सर्प उद्धारकर्ता प्रभात भण्डारीले जानकारी गराए । साथै उनले सर्पले टोकेपछि धेरै जसो मानिसहरु धामि झाक्रि कँहा जाने जसले गर्दा मृत्यु सम्म हुने गरेका घटनाहरुलाई आफ्नो फोटो भिडियो देखाउदै यो परम्परागत कुराहरुलाई चिर्दै सर्पले टोकेमा तुरुन्तै अस्पतालमा जानुपर्ने बताए । सर्पले टोकेपछिको उपचार अस्पतालमा हुने भन्दै धामि झाक्रिमा नलाग्न पनि उनले आग्रह गरे ।
प्रशिक्षक सर्प उद्धारकर्ता प्रभात संग २०० बढि सर्प उद्धार गरेको अनुभव उनीहासंग छ । उनले किङ कोब्रा (बिषालु) र अविषालु सर्प लिएर गुकुलका विद्यार्थिहरु सामु प्रतक्ष रुपमा देखाएका थिए भने विद्यार्थिहरुले प्रतक्ष उक्त सर्पहरुलाई हातमा राखेर सर्प चिन्ने अनुभव समेत गरेका थिए । सर्पबारे प्रशिक्षण कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका कक्षा ६ देखि ९ सम्मका विद्यार्थि तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।