राप्ती नदीको बाढीले बगाउँदा बेपत्ता रहेका दुबै पुरुषको शब फेला

दाङ । दाङमा राप्ती नदीको बाढीले बगाउँदा बेपत्ता रहेका दुबै पुरुषहरूको शब फेला परेको छ । राजपुर गाउँपालिका २ का १९ वर्षीय राजकुमार यादव र लमही नगरपालिका ८ बग्रापुरस्थित नयाँ बस्तीका ६२ वर्षीय मनिराम चौधरीको शब आइतबार बिहान फेला परेको हो । चौधरीको शब बगाएको ठाउँ भन्दा पाँच सयम मिटर दक्षिण खेतमा र यादवको शब बगाएको ठाउँ भन्दा झन्डै डेढ सय मिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ११ बजेतिर बग्रापुर गएका चौधरीलाई राप्ती नदीमा आएको बाढीले दिउँसो साढे १२ बजेतिर बगाएको थियो । राजपुर गाउँपालिका – २ का १९ वर्षीय यादव पनि बिहान ८ बजेतिर लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता थिए । उनी राजपुरबाट लमही बजारमा दूध बेच्न आएका थिए । दूध बेचेर फर्किने क्रममा उनलाई बाढीले बगाएको थियो ।
प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस