पानीमा डुबेर एक बालकको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–४ गहतेरा निवानी बिना पुनको आठ महिनाको छोरा सल्लिम पुन रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार आफ्नै घरको आगनमा खेल्ने क्रममा आज दिउँसो साढे १ बजेको समयमा पानी भएको प्लास्टिकको ठुलो बाटमा डुबेर मृत्यु भएको हो । पानीमा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएपनी डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

