लामो समय खडेरी भएपछि खोलाको मुहानमा पूजाआजा

दाङ । समय मै पानी नपर्दा किसानहरूले लगाएको मकै सुक्न थालेका छन्, भने धान खेती गर्ने समय नजिकिँदै गर्दा पनि धानको ब्याड राख्न पाएका छैनन् । जसले गर्दा दाङ शान्तिनगर २ का किसानहरूले बौलाहा खोलाको मुहानमा गएर बिचारी ढुङ्गाको पूजाआजा गरेका छन् । लामो समयसम्म खडेरी भएपछि उनीहरूले वर्षौँदेखि यस्तै पुजा गर्ने र पानी पर्ने विश्वास रहेको छ । बौलाहा खोला विचारी ढुंगा रहेको छ । त्यस ढुङ्गामै गएर किसानहरूले समय मै पानी नपरेपछि पण्डित राखेर पूजाआज गर्दै आएका छन् । यस पटक पनि समय मै पानी नपरेपछि उनीहरूले पूजाआजा गरेका हुन् । यस ढुंगालाई पुजा परेपछि पानी पर्ने गरेको स्थानीय लोकमणि रेग्मीले बताए ।

लामो समयसम्म पानी नपरेपछि यसरी नै ढुंगा मा आएर पूजाआजा गर्दा पानी पर्ने विश्वास रहेको हुँदा पुजा गर्ने गरेको उनले बताए । उनले भने,‘ खडेरी लागेको लामो समय भइसकेको छ । पानी आउने अझै छाँटकाँट नै छैन् । बारीमा लगाएका मकै सुक्न थाले, धान रोप्नको लागि ब्याड पनि राख्न पाएका छैनौँ । वर्षौ साल खडेरी लाग्दै गइरहेको छ । ’ लामो समयसम्म खडेरी हुँदा किसानहरू छटपटाउन थालेपछि सबै गाउँले मिलेर पुजा गरेको अर्का स्थानीय मान बहादुर खड्काले बताए ।

उनले पनि यस ढुंगालाई पुजा गरेपछि पानी पर्ने विश्वास रहेको बताए । उनका अनुसार पुजा गरेको एक ÷ दिन भित्र पानी पर्ने गर्दथ्यो । यस पटक हामीले असार एक गते पुजा गरेका छौँ । हेरौँ, यस पटक पनि पानी पर्न सक्छ । यस्तै यस पटक धेरै पानी पर्ने कुराहरू आइरहेको भएयता पनि अहिलेसम्म पानी पर्न नसक्दा आफू किसानहरू चिन्तित बनेको समेत बताए ।

उनले प्रत्येक वर्ष खडेरी हुँदै गइरहेको भन्दै मौसम परिवर्तनका कारण भएको भन्दै अब नागरिकहरूले एक पटक सोच्ने बेला आएको समेत बताए । उनले भने,‘ पहिला यति धान रोपाइँ शुरु हुन्थ्यो । तर, केही वर्षदेखि पानी समयमा नपर्दा ढिला हुने गरेको छ । यो सब हुनुमा हामी मानिसहरू वातावरणमा असर पु¥याएका कारण हो । खोलामा पानी छैन्, पानीको मुहानहरू सुक्दै गएका छन्, सिँचाइका कुरै छाडौँ यस्तै हो रु भने खानेपानी पनि नपाउने अवस्था आएको छ ।’

यस्तै स्थानीय सुन्तली वलीले पानी पर्ने विश्वासका साथ ढुंगालाई पुजा गर्न आएको बताइन् । उनले पनि विगतका वर्षहरूमा यसरी पुजा गर्दा पानी पर्ने गरेको भन्दै यस पटक सबै गाउँलेहरू मिलेर पुजा गरेको बताइन् । र जैसा बिसं १९७२ सालमा सिँचाइ पानीको विवाद भएपछि सल्यानबाट आएका न्यायाधीशले यही ढुंगा मा आएर विवाद समाधान गरेपछि यसलाई विचारी ढुंगा मानेर प्रत्येक वर्ष पुजा गर्ने गरेको स्थानीयहरूको भनाइ छ ।

सिँचाइको १४ मौजाका किसानहरूको विवाद भएपछि विचारी नाम गरेका न्यायाधीश आएर मुद्दा टुंगो लगाएपछि यस ढुंगालाई विचारी राखिएको थियो । आधा पानी पूर्वक्षेत्रमा र आधा पानी पश्चिम क्षेत्रमा लैजाने सहमति भएको थियो । त्यसै अनुसार यस ढुंगालाई विगत २५ वर्षदेखि पानी नपरेपछि पुजा गर्दै आइरहेको स्थानीय धन बहादुर खड्काले बताए । उनका अनुसार पुर्खादेखि मान्दै आएको परम्परा अनुसार पुजा गरिएको हो । उनले पनि यस ढुंगालाई पुजा गरेपछि पानी पर्ने हुँदा सबै गाउँले मिलेर जलधारा लगाएको समेत बताए ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस