तुलसीपुर –अमेलिया सडक अन्तर्गत : भञ्ज्याङदेखि बबई सडक खण्ड बन्द हुने

दाङ । राप्ती राजमार्गको तुलसीपुर – अमेलिया सडक खण्डमा ठूला सवारी साधनलाई एक हप्ता आगमनमा पूर्ण रुपमा रोक लगाइएको छ । सडक खण्डमा अन्तर्गत भञ्ज्याङदेखि बबई सडक खण्ड बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार ९ आज ० देखि असार ६ गतेसम्म सडक बन्द हुने जारी दिएको छ ।

भञ्ज्याङदेखि बबई सडक खण्डमा बेस कार्य गर्नको लागि हेभी ९ ठूला ० मालबाहक सवारी साधन मात्र आगमनमा पूर्णरूपले बन्द हुने समेत कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साना सवारी साधन बस, मिनी ट्रक, जिप, मोटरसाइकल भने चल्ने छन् । यस्तै ठुला मालबाहक सवारी साधनहरूलाई वैकल्पिक मार्गका रुपमा अमेलिया–लमही–घोराही– तुलसीपुर सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस