कोइलाबास नाका बन्द

दाङ । भारतमा हुन गइरहेको निर्वाचनका कारण दाङको कोइलावास नाका बन्द हुने भएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङको एक मात्रा सीमानाका कोइलावासमा ७२ घण्टा बन्द हुने भएको हो ।

अन्तर देसिय निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठको १२ गते राति १२ बजेसम्मका लागि बन्द हुने भएको हो ।

भारतमा हुने लोकसभा निर्वाचनकालागि नाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ । यो अबधिमा आवातजावत नगर्न समेत सर्वसाधारण नागरिकलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस