बैदेशीक रोजगारलाई सुरक्षित बनाउन कामदार सजक हुनपर्छ : खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले बैदेशीक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन कामदार आफैँ सजक हुनुपर्ने बताए ।
सुरक्षिक बैदेशीक रोजगार आप्रवासन केन्द्र९सामी०ले गरेको अभिमुखीकरण कार्यक्रममा प्रमुख खड्काले कामदार आफैं सजक भए मात्रै बैदेशीक रोजगार सुरक्षित र भरपर्दो हुने बताए ।
बिदेश जाँदा कामदारले सबै कानुनी प्रक्रिया पूरा गरेका समस्याबाट जोगिन सक्ने बताए । श्रम स्वीकृत नगरी बिदेश गए समस्यामा परेमा राज्यले केही गर्न नसक्ने भन्दै जनस्तरमा सचेतना फैलाउन आग्रह गरे ।
अभिमुखीकरण कार्यक्रममा तुलसीपुर उपमहानगरका सुचना प्रबिधि अधिकृत बावुराम न्यापाने र सामी परियोजनाकी कार्यक्रम अधिकृत बसन्ता पुनले बैदेशिक रोजगारमा देखा परेका समस्या र समाधानका उपाए बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस