वाणिज्य सङ्घमा दुई टिमको ३४ जनाको उम्मेदवारी दर्ता

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घमा दुई टिमको ३४ जनाको उम्मेदवारी दर्ता तुलसीपुर उद्योग वाणिज्य सङ्घमा दुई टिमबाट ३४ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसको सिफारिसमा बिनिल केसी नेतृत्वको प्यानलबाट १७ जना र नेकपा एमाले, माओवादी लगायत दलको समर्थनमा ललितजंग शाहको नेतृत्वमा पनि १७ जनाले बिभिन्न पदहरूमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका संयोजक प्रविण लम्सालका अनुसार केसी नेतृत्वको प्यानलले सुरुमा उम्मेदवारी दर्ता गरेको थियो । केसीको प्यानलबाट वाणिज्य उपाध्यक्ष देब बहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी, सचिवमा नवीन राई, कोषाध्यक्ष रूपेश शर्मा, र सह–कोषाध्यक्षमा दिपेश भण्डारीलाई उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै एसोसिएट सदस्यमा सन्दीपन रिजाल, संस्थापक सदस्यमा चिन्तामणि आचार्य, सदस्यहरूमा शैलेन्द्रकुमार बुढाथोकी, सुवास अधिकारी, कोमल डिसी ९ कमल ०, तीर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्टको उम्मेदवारी परेको छ । त्यस्तै शाह नेतृत्वको साझा खुला उपाध्यक्षमा डिल्लीबहादुर वली, वाणिज्य उपाध्यक्षमा नरेशकुमार राज भण्डारी, उद्योग उपाध्यक्षमा विश्व बस्नेतको उम्मेदवारी परेको छ ।

त्यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्रकुमार डाँगी, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार वलीले उम्मेदवारी दिएका छन् । सदस्य तर्फ भिमबहादुर खत्री, कृष्णबहादुर पुन, एसोसिएट सदस्यमा सुरेश ज्ञवाली, टोपबहादुर महतरा, मनोजकुमार गुप्ता र महिला सदस्यहरूमा शारदा बस्नेत र मिना रावतको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस