तुलसीपुरको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

दाङ । तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई आज भेटेर मेयर खड्काले सडक पूर्वाधार,सिचाई,पर्यटन, खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गरेका हुन् ।

उनले उपमहानगरका १० वटा जलाशय निर्माण, १९ वटा सिचाई आयोजना, ६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न आग्रह गरे । त्यसैगरी एउटा क्रिकेट मैदान औद्योगिक ग्राममा अत्याधुनिक बधशाला निर्माणमा आवश्यक बजेट छुट्याउन माग गरे ।

मुख्यमन्त्री महराले तुलसीपुरले माग गरेका ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्वता जनाए । म तुलसीपुरको विकासका लागि प्रतिवद्व छु ।’ मुख्यमन्त्री महराले भन्नुभयो,‘ तुलसीपुरले पेश गरेका सबै योजनामा बजेट विनियोजन हुनेछ ।’

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस