इडिभीको नतिजा भोलि आउने

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिषा (इडिभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार शनिबार राति ९ बजेबाट नतिजा हेर्न सकिनेछ।
इडिभीको नतिजा सार्वजनिक भइसकेपछि dvprogram.state.gov/ESC/ मा गई आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा थाहा पाउन सकिने राजदूतावासले उल्लेख गरेको छ।
प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस